भारतको अरुणाञ्चलमा शक्तिशाली भूकम्प

ए वान डेस्क
११ बैशाख २०७६, बुधबार ११:३७

एजेन्सी : भारतको अरुणाञ्चल प्रदेशमा शत्तिशाली भूकम्प गएको छ । भारतीय सञ्चार माध्याममा आएका खबरअनुसार गएराति १ बजेर ४५ मिनेट जाँदा ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

अमेरिकी भूगर्व सर्वेक्षण संस्थाले भूकम्प ६.१ म्याग्निच्यूडको भने पनि भारतीय मौसम विभागले भने ५.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

अरुणाञ्चलको पश्चिम सिलाङ क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यामले खबर दिएका छन् । भूकम्पबाट कुनै धनजनको क्षति भएकोबारे भने हालसम्म कुनै खबर प्राप्त भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*