बसबाट उतारेर १४ यात्रुलाई गोली हानेर हत्या

ए वान डेस्क
७ बैशाख २०७६, शनिबार १०:४१

एजेन्सी । इस्लामावादको बलोचिस्तानमा १५ देखि २० जनाको आतंकारी समुहले गरेको बस आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य २ जना भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।

त्यहाँको प्रहरीले आतंकारीहरुलाई पहिचान्न नसकेको बताएको छ साथै घटना गराइनुको कारण पनि पत्ता लाग्न सकेको छैन् । आतंकारीहरुले ५-६ ओटा बस रोकेर सो बसमाथि आक्रमण गरेका थिए ।

आतंकारीहरुले व्यतितगत विवरण चेक गर्ने भन्दै १६ यात्रुहरुलाई बाहिर निकालेका थिए । बच्न सफल दुई जनाको उपचार भइरहेको छ । घटना बिहीबार बुजी टप क्षेत्रको मकरान कोस्टल सडखण्डमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*