भारतमा अदालतद्वारा टिकटक प्रतिबन्धको माग

मद्रास : भारतमा चिनियाँ मनोरन्जनात्मक एप टिकटक प्रतिबन्धको माग भएको छ।
मद्रासकाे उच्च अदालतले केन्द्र सरकारलाई टिकटक प्रतिबन्ध लगाउन माग गरेको हो।
टिकटकमा यौन सामाग्रीहरु समावेश गरिएका कारण बालबालिकामा नकरात्मक असर पर्नेहुनाले उक्त एप भारतमा प्रतिबन्ध गरिनुपर्ने अदालतको भनाइ छ।
इन्डोनेसिया र बंगलादेशमा टिकटक प्रतिबन्ध लागिसकेको छ। अमेरिकामा टिकटकबारे नयाँ नियम बनाइएको छ।
दुई महिनाको छलफलपछि बुधबार मद्रासको उच्च अदालतले यस फैसला गरेको हो। टिकटक भारतमा सर्वाधिक प्रचलित एप हो।
यस एप बलिउड अभिनेता, अभिनेत्री, राष्ट्रिय खेलाडीदेखि सर्वसाधारणमाझ प्रचलित छ।
भारतमा यसअघि पब्जी मोबाइल गेमलाई प्रतिबन्ध गरिनुपर्ने माग उठेको थियो। पब्जीले मानसिक स्वास्थ्यमा असर गर्ने बताइएको छ। (इन्डियन एक्सप्रेस)