मुम्बईंसँग हारे पनि कोहली बने आईपिएलमा ५ हजार रन बनाउने दोश्रा खेलाडी

ए वान डेस्क
१५ चैत्र २०७५, शुक्रबार १५:४९

भारतीय क्रिकेट टोली तथा रोयल च्यालेन्जर्स बैङ्लोरका कप्तान विराट कोहलीले इण्डियन प्रिमियर लिग(आईपिएल)मा ५ हजार रन पूरा गरेका छन्।

बिहिबार मुम्बई इण्डियन्स विरूद्धको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। कोहलीले कुल १६५ म्याचमा १५७ म्याच खेल्दै ५ हजार रन पूरा गरेका हुन्। यस क्रममा उनले ४ शतक तथा ३४ अर्धशतक लगाएका छन्।

हिजोको खेलमा कोहलीको टोली मुम्बईसँग ६ रनले पराजित भएको छ।

५ हजार रन पूरा गरेसँगै कोहली आईपिएलमा यो आँकडा पार गर्ने दोश्रो ब्याटस्म्यान बनेका छन्। यसमा पहिलो नम्बरमा चेन्नई सुपर किङ्सका सुरेश रैना रहेका छन्। रैनाले १७४ म्याच खेल्दै ५०३४ रन जोडेका छन्। यसमा उनको १ शतक तथा ३५ अर्ध-शतक सामेल छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*