ट्रम्पसँगको दोस्रो वार्ताका लागि रेल चढेर भियतनाम हिँडे किम जोङ उन

ए वान डेस्क
१२ फाल्गुन २०७५, आईतवार ११:००

अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता किम जोङ उन रेल चढेर भियतनाम प्रस्थान गरेका छन् ।

ट्रम्प र किमबीचको दोस्रो सम्मेलन यही फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा हुँदै छ ।

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार किमलाई भियतनाममा पुग्न कम्तीमा दुई दिनभन्दा बढी लाग्नेछ । शनिबार हरियो रङको रेल चढेर किम जोङ उन भियतनाम प्रस्थान गरेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

किम जोङको साथमा उनकी बहिनी किम यो जोङ पूर्व जनरल किम योङ चोल पनि रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*