१८८ जना यात्रु सवार रहेको विमान समुद्रमा खस्यो

ए वान डेस्क
१२ कार्तिक २०७५, सोमबार ११:२४

इन्डोनेसियाको जाकार्ताबाट पांकल पिनांग जान लागेको विमान दुर्घटनामा परेको छ । घरेलु यात्रु बोकेर उडेको विमान विमानस्थलबाट उडेको १३ मिनेटमा नै समुद्रमा खसेको हो ।

जानकारीका अनुसार विमानमा १८८ जना सवार थिए । इन्डोनेशियाको सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रवक्ता यूसुफ लतीफले विमान दुर्घटनामा परेको पुष्टि गरेका छन् । हराएको विमान बोइंग–७३७ म्याक्स ८ हो ।

संसारभरको उडानको जानकारी राख्ने वेबसाइट फ्लाइटराडरको डाटामा लायन एयर फ्लाइट जेटी–६१० स्थानीय समयअनुसार बिहान करिब ६:२० बजे विमानस्थलबाट उडेको करिब १३ मिनेटपछि समुद्रमा खसेको देखाएको छ । सिग्नल टुट्नु केहीबेर अघि विमान करिब ३६५० फिट उचाइमा थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*