अमेरिकामा आप्रवासन नीतिमा कडाइ गरिएसँगै १८ नेपाली पक्राउ

ए वान डेस्क
६ असार २०७५, बुधबार १३:४३

अमेरिकामा कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली नागरिकलाई पक्राउ गरिएको छ ।

ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि उनीहरुलाई पक्राउ गरी ओरेगनको एक कारागारमा राखिएको अधिकारवादी संस्थाहरुले जनाएका छन् ।

जेलमा राखिएकाहरुमा १८ नेपाली र ५२ जना भारतीय रहेको जनाइएको छ ।

यस अतिरिक्त पाँच चिनियाँ र ३० मध्य अफ्रिकी देशका नागरिकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाका अनुसार पक्राउ गरिएकाहरुलाई एक्ला एक्लै राखिएको छ । उनीहरुलाई कानुनी अधिकारबाट समेत वञ्चित गरिएको सो संस्थाले जनाएको छ ।

पक्राउ परेकामध्ये अधिकांशले आफ्नो मुलुकमा हिंसा रहेको वा गलत तरिकाले आफू कारवाहीको भागिदार बन्ने खतरा रहेको भन्दै शरणका लागि अमेरिका प्रवेश गरेको विवरण उल्लेख गरेका थिए । (एजेन्सी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*