यो वडामा म विकासको मुल फुटाउछु : अध्यक्ष मोहित चौधरी

ए वान डेस्क
९ फाल्गुन २०७४, बुधबार ०९:०१

ए वान डेस्क /

वडा नम्बर ५
अध्यक्ष, मोहित चौधरी

वडाको गतिविधि के छ ?

वडाको काम सहज रुपमा भईरहेको छ । नगर परिषदबाट परेका योजनाहरुको काम भईरहेको छ । फत्तेपुर जाने बाटोको यसअघि नै शिलन्यास भईसकेको । त्यस्तै त्यस्तै बिभिन्न कामहरु भईरहेका छन् ।

१० प्रतिशत लागतको बिषयमा स्थानीय के भन्छन् ?

यो बिषयमा धेरै सहमत छन्, तर केही नभएकाहरुलाई भने समस्या छ । तर हामीले विकास हामै्र लागी हो भनेर सम्झाउने काम गरिरहेको छु । हेरौ के हुन्छ ।

वडाबाट सेवाग्राहीले कत्तिको सहज रुपमा सेवा पाईरहेका छन् ?

वडाबाट सेवाग्राहीले अहिले सहजै सेवा पाईरहेका छन् । सेवा दिने सवालमा कुनै समस्या छैन् । पहिलेको तुलनामा अहिले गाउ घरबाटै सेवा पाउदा उहाहरुपनि खुशि हुनुहुन्छ ।

यो वडालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?

यो वडामा धेरै समस्या थियो । मैले अव्यवस्थित बिद्युत्त लाईनको लागी पहल गरे । त्यो भन्दा आगाडी फोहोर व्यवस्थापन, शिक्षा स्वास्थ्य लगायत दुषित पानि नियन्त्रणको काम गरे । अहिलेपनि धेरै काम गर्नुछ, सबैभन्दा पहिले त बाटोलाई प्राथमिक्ता दिनेछु । वडा नम्बर ५ लाई नमुना वडा बनाएर विकासको मुल फुटाउनेछु ।

चैत्र मसान्तसम्ममा वडा नम्बर ५  खुल्ला दिशामुक्त होला त ?

वडा नम्बर ५ मा धेरै गाहे छ । किनभने हामीले अहिलेसम्म पनि नगरबाट केहीपनि सहयोग पाएका छैनौ । मैले १५ लाखको बजेट हालेको थिए तर त्योपनि पास भएन् । तरपनि बिभिन्न माद्यमबाट वडा नम्बर ५ लाई खुल्ला दिशामुक्त वडा बनाउने सोच बनाईरहेको छु ।

अन्त्यमा वडावासीलाई के भन्नुहुन्छ ?

मैले पहिलेदेखि एउटै कुरा के भन्दै आएको छु भने म ऐजेण्डा अनुसार काम गर्छु । तर चुनावको बेलामा लिएका ऐजेण्डा अनुसार काम गर्न तपाईहरुले पनि सहयोग गर्नुपर्छ । संबिधान अनुसार सेवाग्राहीको काम गर्नेछु । त्यसकारण पनि विकास निमार्णको काममा लाग्न सबैलाई आग्रह गर्न चाहन्छु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*