फिलिपिन्स : सपिङ मलमा आगलागी, कल सेन्टरका कर्मचारी फसे, धेरैको मृत्यु भएको आशंका

ए वान डेस्क
९ पुष २०७४, आईतवार १०:१९

फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी हुँदा धेरै मानिसको ज्यान गएको आशंका गरिएको छ । दाभाओमा रहेको सपिङ मलमा स्थानीय समय अनुसार आइतबार बिहानै आगलागी भएको हो ।

अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरिरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसी र द गार्डियनले जनाएका छन् । आगलागीका कारण मलको चौथो तलमा रहेको कल सेन्टरका कर्मचारी फसेका छन् । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले कम्तिमा २५ जनाको ज्यान गएको हुन सक्ने बताएको छ । यस्तै द गार्डियनले भने कम्तिमा ३७ जनाको ज्यान गएको हुनसक्ने दाभाओका उपमेयरलाई उद्धृत गर्दै बताएको छ ।

कलसेन्टरमा फसेका त्यहाँका कर्मचारीको जीवित रहने सम्भावना शून्य रहेको सरकारी अधिकारीले बताएका छन् । राष्ट्रपति रोड्रिगो ड्युटर्टले फसेका व्यक्तिका परिवाससँग भेट गर्नुभएको छ । आगलागीको कारण थाहा भएको छैन । राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओको सपिङ मलमा आगलागी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*