चलचित्रमाथिको प्रतिबन्ध हटाउने साउदी अरेबियाको निर्णय

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०७:०२

साउदी अरेबियामा चलचित्रमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा हुने भएको छ । साउदी अरेबियाले व्यवसायिक चलचित्रमाथि लगाउँदै आएको प्रतिबन्ध नयाँ वर्ष २०१८ सँगै हटाउने घोषणा गरेको हो ।
साउदी अरेबियामा ३० वर्ष भन्दा लामो समयदेखि चलचित्रमाथि प्रतिबन्ध लाग्दै आएको छ । साउदी अरेबियाको संस्कृति तथा सूचना मन्त्रालयले तत्कालदेखि नै व्यवसायिक चलचित्र निर्माण, प्रदर्शन तथा चलचित्र भवनका लागि प्रमाणपत्र वितरण सुरु गरिने जनाएको छ । यस अनुसार आउँदो मार्चमा चलचित्र प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।
युवराज मोहम्मद विन सलमानको सामाजिक र आर्थिक सुधारका लागि सुरु गरिएको भिजन २०३० कार्यक्रम अन्तर्गत चलचित्रमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा भएको हो । साउदी अरेबियामा सन् १९७० को दशकसम्म चलचित्र भवन रहेका थिए । तर त्यसपछि भने प्रतिबन्ध लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*